vitofgandaki@gmail.com
061466959
default-logo

भिटोफद्धारा बारपाक होमस्टेलाई १९ वण्डल जस्ता सहयोग :

पोखरा १८ मंसीर।
गत वैशाख १२ गते गएको विनासकारी भुकम्पको केन्द्र विन्दु बारपाकमा रहेका होम स्टेहरुको पुनः व्यवस्थीत संचालनकालागि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले १९ वण्डल रंगिन जस्तापाता वितरण गरेको छ।
भिटोफ नेपाल केन्द्रिय कार्य समिति र कास्की जिल्ला कार्य समितिको सम्युक्त आयोजनामा बारपाकका होम स्टे संचालक २० घरधुरीमध्ये अति विपन्न तथा भुकम्पले पुर्ण क्षति भएका ६ घर धुरीलाई प्रत्येक घरलाई २४ पाताको दरले विहिबार वितरण गरिएको थियो ।

vitofpkr
बारपाक गाविस वडा नं. ४, घर नं. २ का प्याली घले, वडा नं. ५ घर नं. ४ का पुरबहादुर घले, घर नं. ५ का फुलदानी घले, घर नं. ६ का रसबहादुर घले, वडा नं. ७ घर नं. ११ का पञ्चलाल घले र वडा नं. ९ घर नं. १३ का सुनबहादुर घलेलाई करिब दुई लाख पचास हजार बराबरको रंगीन जस्तापाता सहयोग प्रदान गरेका थिए।
जस्तापाता वितरण कार्यक्रमका प्रमुख अतिथि भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारीले नेपालको पर्यटन व्यवसायको विकास नै देश विकासको माध्यम भएकोले भिटोफले गाउँ पर्यटन अभिवृद्धिका कार्यक्रम गर्दै आएको वताए। उनले तिन महिना पहिले बारपाकको होम स्टे संचालकहरुलाई दिएका वचन वद्धता अनुरुप नै जस्ता वितरण गरिएको वताउँदै अगामि दिनहरुमा पनि संस्थाले होम स्टे प्रवद्र्धनका कार्यक्रम गर्दै जाने वताए।
होम स्टे संचालक समितिका अध्यक्ष मनोज गुरुङले धेरै संघसंस्थाले आस देखाएको तर सहयोग नै लिएर पुनः बारपाकमा आएको संस्था नै भिटोफ भएको वताउँदै कुनै पनि संस्थाले यो वा त्यो सहयोग गर्छु भनेर भन्दैमा आशा गरेर नवसेको वताउँदै आफुहरु मिलेर टेन्टमा पाहुना राखेर पनि होम स्टे संचालन गरेको वताईन्।
भिटोफ कास्कीका उपाध्यक्ष चुडामणी दाहाल (राजु) ले कार्यक्रममा स्वागत मन्तव्य राख्दै भुकम्पले थला पारेको गोर्खाको बारपाकमा होम स्टे संचालनको लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा विभिन्न कार्यहरु गरी सहयोगलाई निरन्तरता दिने वताए।
सो अवसरमा कार्यक्रम संचालक भिटोफ कास्कीका महासचिव नवराज अधिकारीले भिटोफको कार्यक्रमलाई ग्लोबल भिजन इन्टरनेसनल, रोसियो इन्भारोमेन्ट अवारनेस (सि–नेपाल), स्विजरल्याण्डका नागरिक लुईस, लेकसाईडका राजु थापा, श्रीराम गिरी, एड्मीरा टुर्स एण्ड ट्रावल्स तथा होटल एड्मीराका संचालक बाबुराम पाण्डे, स्काई मार्क टुर्स एण्ड ट्रावल्स, फेवा टुर्स एण्ड ट्रावल्सलगाएत सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई धन्यवाद दिएका थिए।

About the Author

Leave a Reply

*